IME Life New

एनआईसी एशिया क्यापिटलले सुरु गर्यो लगानी व्यवस्थापनको सेवा, वार्षिक १०.२५ प्रतिशत प्रतिफलको ग्यारेन्टी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत उच्च प्रतिफल सहितको ‘इनकम ग्यारेन्टेड फण्ड’ सञ्चालनमा ल्याएको छ । यो योजना नियमित आम्दानी गर्ने तर जोखिम लिन नचाहने समुहका लागि लक्षित गरिएको क्यापिटलले जनाएको छ । यसका साथै अवकाश प्राप्त व्यक्ति तथा गृहिणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै यो योजना सञ्चालनमा ल्याइएको हो ।

यो योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्न सक्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रो सँग अध्ययन अनुसन्धान गरेर मात्रै यस प्रकारको योजनाहरु सञ्चालन गर्ने गरेको छ । यस योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख लगानीबाट सुरु गर्न सकिनेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS