IME Life New

एनआईसी एशिया क्यापिटलमा अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया क्यापिटलले गानी व्यवस्थापन सेवा सञ्चालन गरेको छ । क्यापिटलले शेयर बजार सम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा यस सम्बन्धी जानकारी भएर पनि समय अभावका कारण शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्तालाई लक्षित गरी लगानी व्यवस्थापन सेवा सञ्चालन गरेको हो ।

हालको अवस्थामा शेयर बजारमा लगानी गरी प्रतिफल लिन सहजीकरण गर्ने उद्देश्यले एनआईसी एशिया क्यापिटलले लगानीकर्तालाई अनलाइनको माध्यमबाट लगानी व्यवस्थापन सेवाका लागि आवेदन दिन सक्ने व्यवस्था मिलाएको हो ।

Esewa
Crest

लगानीकर्ताले एनआईसी एशिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाइनमार्फत घरमै बसेर शेयर बजारमा लगानी गरी अल्पकालीन र दीर्घकालीन फाइदा लिन सक्ने कम्पनीले बताएको छ ।

अनलाइनमार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकले कम्पनीको वेबसाइट वा सोझै https://www.nicasiacapital.com/book-an-appointmentलिंकमा क्लिक गरी थप जानकारीका लागि भर्चुअल मिटिङको समय बुक गर्न सक्ने कम्पनीले जनाएको छ ।

लगानी व्यवस्थापन सेवा लिन कम्पनीले उपलब्ध गराएको लिंकमा https://portfolio.nicasiacapital.com/Global/Account/Login   क्लिक गरी रीतपूर्वक आवश्यक विवरण, कागजात अपलोड गर्नुपर्नेछ । उक्त सेवाको सम्बन्धमा थप जानकारीको लागि क्यापिटलको मोवाईल नं. ९८५११२१९९४ मा सोझै सम्पर्क गर्न सकिने सकेत जनाएको छ ।

साथै क्यापिटलको अनलाईन लगानी व्यवस्थापन सेवाले गर्दा लगानीकर्ताहरु घरमै सुरक्षित बसी हालको विषम परिस्थितिम ासहजै लगानी व्यवस्थापनको सेवालिई शेयर बजारबाट उचित लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS