IME Life New

एनआईसी एशियाको विस्तारित काउण्टर उच्च अदालत पाटन परिसरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकको विस्तारित काउण्टर हरिहरभवन ललितपुरस्थित सम्मानित उच्च अदालत पाटन परिसरमा औपचारिक रुपमा संचालमा ल्याइएको छ । उक्त विस्तारित काउण्टरको समुद्घाटन एक समारोहका बीच उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीले गरेका हुन् ।

समुद्घाटन समारोहमा प्रमुख अतिथि नहकुल सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरेका छन् ।

Esewa
Crest

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए ।

हाल बैकले मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८३ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS