IME Life New

एनआईबिएल समृद्धि फण्ड २ संचालन गर्न इन्भेष्टमेन्ट बैंकले पायो बोर्डबाट अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने चौँथो योजनाको रुपमा “एनआईबिएल समृद्धि फण्ड -२” नामको बन्दमुखी योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट पाएको छ । यस योजनाको आकार १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म संचालनमा रहनेछ । प्रति इकाई मूल्य १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

यस योजनाको अवधि भर सामूहिक लगानी कोष नियमावली एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रहि इकाई बिक्री मार्फत संकलित रकमलाई जोखिम न्यूनिकरणका उपायहरु अपनाई विभिन्न क्षेत्र तथा वित्तीय उपकरणहरुमा लगानी गरिनेछ । सो लगानीबाट आर्जित मुनाफालाई इकाईधनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गरिने यस योजनाको उदेश्य रहेको छ भने प्रभावकारी वार्षिक प्रतिफलको रुपमा २१.४३ प्रतिशत यस योजनाका इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरिएको छ । साथै यस योजनाको इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ ।

Esewa
Crest

नेपालको पूँजी बजारमा सामूहिक लगानी कोष अन्र्तगत विभिन्न योजनाहरु संचालन गर्ने उदेश्यले आफु कोष प्रबद्र्धक रहि साथै बैँकको सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल एस क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहने गरी “एनआईबिएल म्युचुअल फण्ड” नामको सामूहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी दुई वटा बन्दमुखी र एउटा खुलामुखी योजना संचालन गर्दै आईरहेको छ ।

“एनआईबिएल म्युचुअल फण्ड” को पहिलो योजना “एनआईबिएल समृद्धि फण्ड -१” सफलता पूर्वक संचालन गर्दै यस योजनाका इकाईधनीहरुलाई हाल सम्म कुल ६३.५ प्रतिशत नगद लाभांश वितरण गर्न सफल रहेको छ र आगामी आर्थिक वर्षमा यस योजनाको ७ बर्ष अवधि पुरा भई योजना बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS