IME Life New

एनआइसी एशिया बैंक र स्मार्टच्वाईस टेक्नोलोजिजवीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) र एनआइसी एशिया बैंकवीच सम्झौता भएको छ । स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआइसी एशिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

यस सम्झौता पश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायिहरूले एन।आइ सी एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन् । इ।एम।भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS