IME Life New

एनआइसी एशिया बैंकको बजार मूल्य ५२ हप्ताकै उच्च

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ।  एनआइसी एशिया बैंकको बजार मूल्य ५२ हप्ताकै उच्च विन्दुमा कारोवार भैरहेको छ।  विगत तीन कारोवार दिन  देखि एनआइसी एशिया बैंकको बजार मूल्य निरन्तर वृद्धि भएको छ । आज पौष ६ गते  कम्पनीको बजार मूल्य ९ दशमलव ९० प्रतिशतले वृद्धि हुँदै ७७७ रुपैयाँ प्रति कित्तामा बजार मूल्य बन्द भएको छ।

Esewa
Crest

श्रोत : मेरोलागानी

कम्पनीको आज दिन भरमा ४४ करोडको शेयर कारोवार भएकोमा ४२ नम्बर ब्रोकरबाट करिव ५ करोड ६७ लाख बराबरको शेयर खरिद भएको थियो त्यस्तै सर्वाधिक बिक्री गर्ने ब्रोकरमा २८ नम्बर ब्रोकरबाट ३ करोड ६२ लाखको बिक्री भएको थियो।

यसरी आज सर्वाधिक खरिद गर्ने ब्रोकरले आजको कुल खरिदको १२ प्रतिशत मात्र खरिद गरेको थियो । यसरी आक्रामक रुपमा खरिद गर्ने ब्रोकर नदेखिए पनि कम्पनीको व्यापर विस्तार देखेर लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । कम्पनीको आर्थिक वर्ष ७६/७७ को लाभांशको लागि बुक क्लोज भएको अवस्थामा पनि लगानीकर्ताहरु आकर्षित भएका छन् । बुक क्लोज पश्चात बोनस शेयर प्रयोजनार्थ शेयर मूल्य समायोजन भएको र पुँजी वृद्धि भएको अवस्थामा पनि कम्पनीको डाईलुटेड प्रति शेयर आम्दनी ३५ रुपैयाँ रहेको छ।

श्रोत :  नेप्से अल्फा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS