IME Life New

एनआइसीको आईडीया टु आइपीओ सेवा अन्तर्गत २ कम्पनी मर्ज गरी आइपीओ जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी र पशुपति इन्भाईरोमेन्टल इन्जिनियरिङ्ग पावर कम्पनीलाई एनआइसी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने भएको छ । क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्जर गरी उक्त कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी आइपीओ जारी गर्ने चरणमा पुयाई आइपीओ निष्काशन गर्ने गरि त्रिपक्षीय सम्झौता गरेको छ ।

मर्जपछि बन्ने कम्पनीले एनआईसी एशिया क्यापिटलको “आईडीया टु आइपीओ सेवा अन्तर्गत आइपीओ निष्काशन गर्ने भएको हो। “आईडीया टु आइपीओ सेवा अन्तर्गत क्यापिटलले कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपीओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने गरेको छ। सम्झौता अनुसार क्यापिटलले कम्पनीलाई संस्थागत परामर्श, निष्काशन तथा बिक्री प्रबन्धक र शेयर रजिष्ट्रारको सेवा प्रदान गर्नेछ।

Esewa
Crest

क्यापिटलले “आईडीया टु आइपीओ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्काल आइपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपिओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रकृया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथासिघ्र आइपीओ जारी गर्न योग्य कम्पनी बनाउन आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS