IME Life New

एनआइएमबि एस क्यापिटलको अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह २०२३ एक हप्ता लामो, आई।ओ।एस।सिओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो । यसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्व बारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरूमा धितोपत्र नियामकहरूको विभिन्न पहलहरूलाई केन्द्रिकृत गर्दछ ।

Esewa
Crest

कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना थिए भने अन्तरक्रिया सत्रलाई कर्पोरेट एडभाइजरी विभाग प्रमुख भुवनराज पन्त र पीएमएस प्रमुख सृष्टि शाहले संचालन गरेका थिए ।

क्यापिटलका अनुसार अन्तरक्रिया मुख्यतया “विश्व लगानीकर्ता सप्ताह २०२३” को मुख्य विषयवस्तुमा केन्द्रित थियो । कार्यक्रममा लगानीकर्ता सप्ताह २०२३ को मुख्य विषयवस्तुसँग नेपाली सेयर बजारका विभिन्न पक्षहरुको सम्वन्धका बारेमा पनि छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो ।

महाप्रबन्धक ढुंगानाले कार्यक्रममा सहभागीहरुको जिज्ञासा समाधान गर्नुका साथै आगामी दिनमा पनि यस्तै अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सबैमा “विश्व लगानीकर्ता सप्ताह २०२३” को सफलताको सुभकामना समेत व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS