IME Life New

एच–१बी भिसाको डोनाल्ड ट्रम्पले गरे समर्थन, भने-‘थप विस्तार आवश्यक’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। पछिल्लो समय अमेरिकामा एच–१बी भिसाका विषयमा चर्को बहस चलिरहेको छ। डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि यो भिसाका विषयमा बहस सुरु भएको छ।

एच–१बी भिसालाई लिएर चर्को बहस हुन थालेपछि राष्ट्रपति नवनिर्वाचित ट्रम्पले आफ्नो मुख खोलेका छन्। उनले एच–१बीको समर्थन गर्दै यो एकदमै विश्वसनीय कार्यक्रम रहेको बताएका छन्।

Esewa
Crest

न्युयोर्क पोस्टसँगको कुराकानीमा ट्रम्पले आफूले एच–१बी पहिलेदेखि नै निकै मन पर्दै आएका छन्। ‘म सधैँ यो भिसा कार्यक्रमको पक्षमा हुनेछु’, उनले भने।

आफूसँग थुप्रै एच–१बी भिसाधारक मानिसहरु काम गरिरहेको पनि ट्रम्पले बताए। ‘म यो भिसा कार्यक्रमलाई विश्वास गर्छु’, उनले भने, ‘मैले थुप्रै पटक यो कार्यक्रमको प्रयोग पनि गरेको छु।’

यसअघि ट्रम्पले एच–१बी भिसा कार्यक्रमको आलोचना गरेका थिए। उनले आफ्नो पहिलो कार्यकालका क्रममा यो कार्यक्रमको पहुँचमा प्रनिबन्ध पनि लगाएका थिए। तर, दोस्रोपटक राष्ट्रपति चुनावमा भिड्ने क्रममा भएका चुनावीसभामा उनले यदि कसैले अमेरिकी कलेज वा युनिभर्सिटीबाट स्नातक गरेका छन् भने उनीहरुलाई अटोमेटिक रुपमा ग्रीन कार्ड उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए।

ट्रम्पको एच–१बी भिसाप्रतिको सकारात्मक अभिव्यक्तिले कम्पनीहरुलाई ठूलो राहात मिलेको छ। उनीहरुले विदेशी कर्मचारीलाई अब सहजै आफ्नो कम्पनीमा राख्न पाउने भएका छन्।

ट्रम्पले यो भिसा कार्यक्रमलाई थप विस्तार गर्नुपर्ने धारणा पनि राखेका छन्। यद्यपि यसले ‘पहिला अमेरिकी’ नीतिका समर्थकहरुको चिन्ता बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

89%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS