IME Life New

एक वर्षमा जीवन बीमाको कुल बीमा शुल्क आर्जन एक खर्ब ३९ अर्ब, सर्वाधिक नेपाल लाइफ सहित कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९ मा जीवन बीमा कम्पनीहरुले एक खर्ब ३९ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १९ जीवन बीमा कम्पनीहरुले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुले १४.८७ प्रतिशतले मात्रै बृद्धि गर्न सफल भएका छन् । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन एक खर्ब २१ अर्ब रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ । नेपाल लाइफले यस वर्ष ३५ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा एक चौथाइ रहेको छ । दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

Esewa
Crest

तेस्रो स्थानमा रहेको नेशनल लाइफले गत आर्थिक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने चौथो स्थानमा रहेको राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ छ । पाँचौ स्थानमा युनियन लाइफ छ । युनियनले ८ अर्ब ९ करोड रुपैयाँ आर्जन गर्दा छैठौ स्थानमा रहेको एशियन लाइफले ७ अर्ब १७ करोड आर्जन गर्न सफल भएको छ । सिटिजन लाइफ सातौ नम्बरमा पर्न सफल भएको छ । सिटिजनले गत आर्थिक वर्षमा ५ अर्ब ४० करोड आर्जन गरेको छ ।

बाँकी कम्पनीहरु क्रमश मेट लाइफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ तीन अर्ब ९४ करोड, ज्योति लाइफ तीन अर्ब ८० करोड, आइएमई लाइफ तीन अर्ब ५३ करोड, सन नेपाल लाइफ तीन अर्ब ३६ करोड, रिलायन्स लाइफ तीन अर्ब १२ करोड, गुराँस लाइफ तीन अर्ब ८ करोड, प्रभु लाइफ दुई अर्ब ३९ करोड, सानिमा लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफको एक अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS