IME Life New

एक महिनामै ४१% ले बढ्यो बिटक्वाइनको भाउ, बन्ला नयाँ कीर्तिमान ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा लोकप्रिय र सबैभन्दा पुरानो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य एकपटक फेरि उछाल देखिएको छ। बुधबारको कारोबारमा बिटक्वाइनको मूल्य ६० हजार डलर पुगेको थियो। नोभेम्बर २०२१ पछि यो पहिलोपटक हो कि बिटक्वाइनको मूल्य यो स्तरमा पुगेको हो।

बिटक्वाइनको हालसम्मकै उच्च मूल्य ६९ हजार डलर रहेको छ। बिटक्वाइनको भाउ नोभेम्बर २०२१ मा यो उच्च स्तरमा पुगेको थियो। अब यो रेडर्क छिट्टै तोडिने जानकारहरु बताउँछन्।

Esewa
Crest

पछिल्लो १ महिनामा बिटक्वाइनको मूल्य करिब ४१ प्रतिशतले बढेको छ । गत महिना जनवरी २८ मा बिटक्वाइनको मूल्य ४२ हजार ३४ डलर थियो। यसको मूल्य मात्र ५ दिनमा २० प्रतिशतले बढेको छ र अब यसको सबै समयको उच्च बाट १५ प्रतिशतमात्र टाढा छ।

अमेरिकी धितोपत्र र विनिमय आयोगले गत हप्ता बिटकोइन एक्सचेन्ज ट्रेड कोषलाई हरियो बत्ती दिएको थियो। त्यसयता क्रिप्टोकरेन्सीमा अर्बौं डलर लगानी गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS