IME Life New

एक महिनामा ‘बीमालेख फिर्ता लिन’ पाइने व्यवस्थाबाट पछाडि हट्यो बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक महिनामा बीमालेख फिर्ता लिन व्यवस्थाबाट बीमा समिति पछाडि हटेको छ । समितिले बुधबार जारी गरेको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८’ मा बीमालेख जारी भएको ३० दिन भित्रमा बीमालेख फिर्ता लिन पाउने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले बीमा क्षेत्रमा थप बिकृति पैदा गर्ने भन्दै विरोध भए पछि समितिले यो व्यवस्था फिर्ता लिएको हो ।

Esewa
Crest

निर्देशिकाको दाफा २१ मा ‘बीमकले जारी गर्ने सबै किसिमका बीमालेखहरुमा ३० दिनको बीमालेख फिर्ता गर्ने अवधिको व्यवस्था गर्नु पर्नेछ र सो अवधि बीमालेख जारी भएको मितिदेखि लागु हुनेछ ।’

त्यस्तै उपदफा २ मा ‘उपदफा एक बमोजिमको अवधिभित्र बीमित/बीमालेख धारकले बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेमा सो बीमालेख अन्तर्गत कुनै दाबी नपरेको अवस्थामा बीमकले बीमालेख बापत लिएको सम्पुर्ण बीमा शुल्क रकम फिर्ता गरी बीमालेख रद्द गर्नु पर्नेछ ।’

उपदफा तीनमा ‘बीमकले उपदफा २ बमोजिम बीमाशुल्क रकम फिर्ता गर्दा मेडिकल अण्डर्राइटिङ बापतको खर्च, बीमालेख जारी मितिदेखि बीमालेख फिर्ता गर्न लिखित अनुरोध गरेको मितिसम्मको जोखिम बहन गरे बापतको समानुपातिक बीमाशुल्क रकम र टिकट दस्तुर कट्टा गर्न सकिनेछ ।’

यस्तो व्यवस्थाले विकृति पैदा गर्ने र भोलिका दिनमा सबैभन्दा ठुलो समस्या शिर्जना गर्ने भए पछि समितले यो व्यवस्थालाई नै हटाएको हो । यदि यो व्यवस्था कार्यान्वयन भएको खण्डमा मनि लाउन्ड्रिङका घटना बढ्न सक्ने उनिहरुको विश्लेषण थियो ।

तीस दिनमा बीमालेख फिर्ता गर्न पाइने व्यवस्थाले बीमा क्षेत्रमा थप विकृति ल्याउने, ‘मनि लाउन्ड्रिङलाई नै प्रश्रय दिन सक्ने’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS