IME Life New

एक दिनकै तलब पौने ७९ करोड, को हुन् यी व्यक्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालमा एकजनाको नाम अहिले निकै चर्चामा छ। उनी हुन्, आफ्नो मेहनत र बुद्धिको बलमा एक दिनमै करोडौँ कमाउने कीर्तिमान बनाएका भारतीय मूलका जगदीप सिंह।

सिंहको वार्षिक प्याकेज २ अर्ब १० करोड अमेरिकी डलर (करिब २ खर्ब ८८ अर्ब नेपाली रुपैयाँ) रहेको छ। अर्थात् उनले दैनिक ७८ करोड ८० लाख रुपैयाँ तलब लिने गरेका छन्। सिंह क्वान्टमस्केपका पूर्वसंस्थापक हुन् र हाल स्टेल्थ स्टार्टअपका सीईओ पनि छन्।

Esewa
Crest

सिंहको पारिश्रमिक पूर्ण प्रक्रियापछि तय गरिएको थियो। वास्तवमा क्वान्टमस्केपका शेयरधारकको वार्षिक बैठक आयोजित भएको थियो। जसमा सीईओका लागि लगभग २ अर्ब १० करोड डलरको प्याकेज अनुमोदन गरिएको थियो। यस प्याकेजमा उनको २ अर्ब ३० करोड डलरबराबरको शेयर पनि समावेश गरिएको छ।

सन् २०२० मा क्वान्टमस्केप अमेरिकी शेयर बजारमा सूचीकृत भएको थियो। जसले लगानीकर्ताबाट ठूलो समर्थन पाएको थियो र कम्पनीको मूल्यांकन पनि बढेको थियो। जसका कारण सिंहको तलब बढेर करिब २ खर्ब ८८ अर्ब रुपैयाँ पुग्यो।

सिंहको यात्रा सन् २०१० मा सुरु भएको थियो। उनले क्वान्टमस्केप नामक कम्पनी स्थापना गरे। जसले विद्युतीय सवारीका लागि ठोस ब्याट्री बनाउँछ। उनको कम्पनीलाई धेरै फाइदा भयो र उनको ब्याट्रीका कारण ईभी उद्योगले पनि नयाँ उचाइमा पुग्यो।

सिंहले स्ट्यानफोर्ड विश्वविद्यालयबाट बीटेक र क्यालिफोर्निया विश्वविद्यालयबाट एमबीए गरेका छन्। मिडिया रिपोर्टका अनुसार उनले सन् २०२४ मा क्वान्टमस्केपको सीईओ पदबाट राजीनामा दिएका थिए। त्यसपछि फेब्रुअरी २०२४ मा शिव शिवरामलाई यो जिम्मेवारी सुम्पिएको थियो। अहिले उनी स्टेल्थ स्टार्टअपका सीईओ छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS