IME Life New

एक चक्की अनि शरीर ‘सुपरफिट’ ! वैज्ञानिकले बनाए ‘एक्सरसाइज पिल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी वैज्ञानिकले मानिसको शरीर सुपरफिट बनाउने औषधि बनाएको दाबी गरेका छन्। पिल (चक्की)का रुपमा रहेको यो औषधि खाएपछि मानिसलाई शरीर तन्दुरुस्त पार्न कसरतको आवश्यकता नपर्ने उनीहरुको दाबी छ। यो चक्की खाएपछि शरीरमा त्यही परिवर्तन देखिन्छ, जुन व्यायामपछि देखिन्छ। अहिले मुसामा यसको परीक्षण भइरहेको छ । वैज्ञानिकले धेरै सफलता पनि हासिल गरिसकेका छन्।

यो औषधिलाई अहिले ‘एक्सरसाइज पिल’ भनिन्छ। यो चक्की खुवाएपछि मुसाको शरीरको मेटाबोलिज्म व्यायामपछि जस्तै भएको वैज्ञानिकहरुको दाबी छ। यो औषधि लगातार सेवन गर्दा मुसाको मांसपेशीमा बल बढ्यो अनि फिटनेस सुधार भएको उनीहरु बताउँछन्। यसले शारीरिक क्षमता बढेको बताइएको छ।

Esewa
Crest

यो औषधिको रासायनिक नाम एसएलयू–पीपी–३३२ दिइएको छ। वैज्ञानिकहरुले अमेरिकन केमिकल सोसाइटीमा यस औषधिको नतिजा प्रस्तुत गरेका छन्। वासिंसटन विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता तथा रसायनशास्त्री बहा एल्गेन्डीले यो सजिलै निल्ने चक्की भएको बताए । ‘यसले शरीरको मेटाबोलिज्मलाई सुधार गर्छ’, उनले भने, ‘यदि यो चक्कीले मुसामा देखिएको परिवर्तनजस्तै मानव शरीरमा देखिए यो ठूलो परिवर्तन हुनेछ। यो धेरै दुर्लभ रोगहरु निको पार्न प्रयोग गर्न सकिन्छ। किनकि जब एक व्यक्ति व्यायाम गर्दछ, त्यसपछि एस्ट्रोजन सम्बन्धित रिसेप्टर (ईआरआरएस) शरीरमा सक्रिय हुन्छन्।’

यी रिसेप्टरहरु मांसपेशी, हृदय र मस्तिष्कको तन्तुमा पाइन्छ। यी रिसेप्टरले मेटाबोलिज्म, इम्युनिटी, इन्फ्लेमेसन, होमियोस्टेसिस, शारीरिक विकास, कोशिकाको वृद्धि र प्रजननमा मद्दत गर्दछ। यसको मतलब यो व्यायाम चक्की लिएर यी रिसेप्टर सक्रिय हुन्छन्, जुन सामान्यतया व्यायाम गरेर सक्रिय हुन्छन्।

फ्लोरिडा युनिभर्सिटीका वैज्ञानिकहरुले पनि यस्तो औषधि बनाउने प्रयास गरेको एल्गेन्डीले बताए । ‘तर, उनीहरु सफल भएनन् । हामीले यो औषधि बनाउन पहिलो पटक स्टार्टअप औषधि कम्पनी गठन गरेका थियौँ’, उनले भने, ‘यसको नाम पेलाजो फार्मास्युटिकल हो। मुसामा हाम्रो परीक्षण सफल भएको छ। क्लिनिकल परीक्षणका लागि अनुमति मागेको छ।’

यो औषधि सेवन गरेपछि मुसाको शारीरिक क्षमता ७० प्रतिशतले बढेको छ । ‘जब औषधिको डोज दुईपटक दिइयो, यसको क्षमता १० प्रतिशतले बढ्यो’, एल्गेन्डी भन्छन्, ‘व्यायामको खाँचो पर्दैन भन्नु ठीक नहोला । यो औषधिले व्यायाम प्रतिस्थापन गर्न सक्दैन। तर यसले समान फाइदा दिन सक्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS