IME Life New

एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा असार १४ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले असार १४ गते आइतबार साधारण सभा बोलाएको छ । बैंकले उक्त सभा होटल टाइमलेस मुमेन्टस विर्तामोड, झापामा अपह्रान्ह १ बजे आह्वान गरेको जनाइएको छ। कम्पनीले बोनस पश्चात हकप्रद जारी गरेर पूँजीवृद्धि गर्ने भएको छ। बैंकले उक्त सभामा बोनस अनुमोदन र हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले चैत ७ गतेदेखि शेयर दाखिला खारेजी गर्ने भएको छ। यसअनुसार चैत ६ गते बिहीबारसम्म कायम बैंकका शेयरधनीले मात्र लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्। बैंकले यसअघि चैत २० गते साधारण सभा आह्वान गरेपनि कोरोना भाइरस संक्रमणका कारण रद्ध भएपछि पुन बोलाइएको हो।

Esewa
Crest

सभाले बैंक सञ्चालक समितिले गत आर्थिक वर्ष २०७५।७६ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १७ दशमलव १० प्रतिशत बोनस शेयर र सो बोनसको कर प्रयोजनका लागि ० दशमलव ९० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

यस्तै, बैंकले बोनस वितरणपछि कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयकोका ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS