IME Life New

एकै दिन ६१ करोड माथिको शेयर कारोवार भएको ग्लोबल आईएमइको फ्लोरसिटले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनता बैंक र ग्लोबल आईएमई बैंक लिमिटेड मर्जर भएर कारोवार सुरु भएको तेश्रो दिनमै ग्लोबल आईएमईको शेयर अत्याधिक कारोवार भएको छ। लगातार दुई दिन १० प्रतिशत जातिले वृद्धि भएको बजार मूल्य आज भने ठुलो कारोवार भए संगै बजार मूल्य खासै वृद्धि हुन मानेन।

आज दोश्रो बजारमा १ अर्ब ५८ करोडको शेयर किनबेच भएकोमा ग्लोबल आईएमई बैंक एक्लैको ६१ करोड १२ लाखको शेयर खरिद बिक्री भएको छ।

Esewa
Crest

आजको खरिदबिक्री रेकर्ड (फ्लोरसिट ) हेर्दा ३४ नम्बर ब्रोकरबाट बैंकको सर्वाधिक ३ करोड ५९ लाख बराबरको शेयर खरिद भएको छ त्यस्तै ५८ नम्बर ब्रोकर बाट ९ करोड ४८ लाखको शेयर बिक्री भएको छ।  त्यस्तै दोश्रोमा ४२ नम्बर ब्रोकर बाट २ करोड ९२ लाख बराबरको शेयर खरिद भएको छ भने २५ नम्बर ब्रोकर बाट ५ करोड ४ लाखको शेयर बिक्री भएको छ। यसरी हेर्दा आज खरिद गर्ने ब्रोकर भन्दा बिक्री गर्ने ब्रोकर नै आक्रामक देखिन्छ।

श्रोत : मेरो लगानी /डाटा एनालाईटिक्स

आज ग्लोबल आईएमईको बजार मूल्य हिजोको मूल्य भन्दा १ रुपैया वृद्धि हुँदै ३०५ प्रति कित्ता  बन्द भएको छ।  कम्पनीको आज पहिलो कारोवार ३१९ रुपैया प्रति कित्ता भएकोमा बजार मूल्य ३३१ सम्म पुगेको थियो।  कम्पनीको आजको न्यून मुल्य र बन्द मूल्य एउटै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS