IME Life New

एकैसाथ कुमारी बैंकको ९ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ कुमारी बैंक लिमिटेडले ९ नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले सोमबार उपत्यका भित्रका सात शाखाहरू बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय ई/उद्घाटन गरेको जनाएको छ ।

उक्त शाखाहरु बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरेका हुन् ।

Esewa
Crest

बेलबारी शाखा बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रूपमा गरेका हुन् । त्यस्तै, फिक्कल शाखाको उद्घाटन पनि बैंकका सञ्चालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राईले संयुक्त रूपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिनालगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरूको उपस्थितिमा सम्पन्न गरेका हुन् ।

बैंकले आफ्ना देशभर रहेका १९२ शाखा संजाल, १५२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS