IME Life New

एकैदिन साढे ३३ अर्ब डलरले बढ्यो एलन मस्कको सम्पत्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कको सम्पत्ति बिहीबार एकैदिन ३३.५ अर्ब डलरले बढेको छ। योसँगै मस्कको कुल सम्पत्ति २७० अर्ब डलर पुगेको छ।

मस्कको इलेक्ट्रिक कार निर्माण कम्पनी टेस्लाको शेयर २२ प्रतिशतले बढेको छ र यो २०१३ यताको एक दिनमा सबैभन्दा राम्रो प्रदर्शन हो।

Esewa
Crest

तेस्रो त्रैमासिकको नतिजापछि कम्पनीको शेयरमूल्य बढेको हो। यस कम्पनीमा मस्कको १३ प्रतिशत शेयर छ।

मस्कको कुल सम्पत्तिमा टेस्लाको हिस्सा करिब तीन चौथाइ छ। टेस्लाबाहेक उनको स्पेसएक्स, सोशल मिडिया प्लेटफर्म एक्स, एआई भेन्चर एक्सएआईमा पनि हिस्सेदारी छ। यस वर्ष मस्कको कुल सम्पत्ति ४१.२ अर्ब डलरले बढेको छ।

विश्वका धनीव्यक्तिको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस २०९ अर्ब डलरको सम्पत्तिका साथ दोस्रो स्थानमा छन्। फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग २०१ अर्ब डलरको सम्पत्तिका साथ तेस्रो स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति ७२.९ अर्ब डलरले बढेको छ।

एनभिडियाका जेन्सन हुआङ यस वर्ष सबैभन्दा बढी कमाई गर्नेमा अगाडि छ। यस वर्ष उनको कुल सम्पत्ति ७८.६ अर्ब डलरले बढेको छ। उनी १२३ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीव्यक्तिको सूचीमा ११ औँ स्थानमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS