IME Life New

एकैदिन विश्वका शीर्ष १० धनाढ्यको ७२ अर्ब डलर स्वाहा, कसको कति घट्यो सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी शेयर बजारमा बुधबार भारी गिरावट आएको छ। जसका कारण विश्वका शीर्ष १० धनी व्यक्तिको कुल सम्पत्तिमा ७२ अर्ब डलरको गिरावट आएको छ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार विश्वको सबैभन्दा धनीव्यक्ति एलन मस्कको सम्पत्तिमा सबैभन्दा धेरै गिरावट आएको छ। यो टेस्लाको शेयरभाउमा ठूलो गिरावटका कारण भएको हो। कम्पनीको शेयर १२ प्रतिशतभन्दा बढीले घटेको छ। जसका कारण मस्कको कुल सम्पत्ति अचानक २१.७ अर्ब डलरले घटेर २४१ अर्ब डलरमा झरेको छ। यद्यपि, यो वर्ष उनको कुल सम्पत्ति ११.५ अर्ब डलरले बढेको छ।

Esewa
Crest

मस्कपछि सबैभन्दा ठूलो घाटा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग थिए। उनको कुल सम्पत्ति ९.४७ अर्ब डलरले घटेको छ। जुकरबर्गको सम्पत्ति १६५ अर्ब डलरमा झरेको छ। तर, यो वर्ष उनको कुल सम्पत्ति ३६.४ अर्ब डलर डलरले बढेको छ। उनी धनीहरुको सूचीमा चौथो स्थानमा छन्।

ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको नेटवर्थ बुधबार ५.१८ अर्ब डलरले घटेको छ। उनी २०४ अर्ब डलरको सम्पत्तिसहित विश्वका धनी व्यक्तिको सूचीमा दोस्रो स्थानमा छन्।

यस सूचीमा तेस्रो स्थानमा रहेका फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्टले ८.५८ अर्ब डलर गुमाए र उनको कुल सम्पत्ति १८७ अर्ब डलरमा झरेको छ। यो वर्ष उनको कुल सम्पत्ति २०.४ अर्ब डलरले घटेको छ।

यसैगरी शीर्ष १० धनाढ्यभित्र बिल गेट्स (१५७ अर्ब डलर), ल्यारी पेज (१५५ अर्ब डलर), ल्यारी एलिसन (१५३ अर्ब डलर), स्टिभ बाल्मर (१४८ अर्ब डलर), सर्गेई ब्रिन (१४६ अर्ब डलर) र वारेन बफे (१३७ अर्ब डलर) को नेटवर्थका साथ रहेका छन्। यी सबैको सम्पत्तिमा बुधबार गिरावट आएको छ।

विश्वका शीर्ष १० धनीमध्ये ९ जना अमेरिकी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS