IME Life New

एकदिनमै गौतम अडानीको सम्पत्ति बढ्यो ३३ हजार करोडले, धनकुबेरको सूचीमा उक्लिए एक स्थान माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीका लागि बुधबारको दिन शानदार रह्यो। अडानी–हिन्डनवर्ग मामिलामा भारतको सर्वोच्च अदालतले सुनाएको फैसलापछि अडानी ग्रुपका कम्पनीहरुको शेयरभाउमा उछाल आयो। योसँगै अडानीको सम्पत्ति २४ घन्टाको अवधिमा भारु ३३ हजार करोडले बढेको हो।

बुधबार अडानी इन्टरप्राइजेजदेखि अडानी पोर्टसम्मका शेयरभाउमा उछाल आएको थियो। जसका कारण अडानीको सम्पत्ति २४ घन्टाभित्र ४.०१ अर्ब डलर अर्थात भारु ३३ हजार करोडले बढेको छ। यसबीच अडानी ग्रुपको बजार पुँजीकरण भारु १५ लाख करोड नजिक पुगेको छ।

Esewa
Crest

सम्पत्ति बढेसँगै गौतम अडानी विश्वका शीर्ष अर्बपतिहरुको सूचीमा एक स्थान माथि उक्लिएका छन्। उनी ८९.९ अर्ब डलरका साथ १४ औँ स्थानमा उक्लिएका छन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS