काठमाडौं । भारतीय अर्बपति गौतम अडानीका लागि बुधबारको दिन शानदार रह्यो। अडानी–हिन्डनवर्ग मामिलामा भारतको सर्वोच्च अदालतले सुनाएको फैसलापछि अडानी ग्रुपका कम्पनीहरुको शेयरभाउमा उछाल आयो। योसँगै अडानीको सम्पत्ति २४ घन्टाको अवधिमा भारु ३३ हजार करोडले बढेको हो।
बुधबार अडानी इन्टरप्राइजेजदेखि अडानी पोर्टसम्मका शेयरभाउमा उछाल आएको थियो। जसका कारण अडानीको सम्पत्ति २४ घन्टाभित्र ४.०१ अर्ब डलर अर्थात भारु ३३ हजार करोडले बढेको छ। यसबीच अडानी ग्रुपको बजार पुँजीकरण भारु १५ लाख करोड नजिक पुगेको छ।
सम्पत्ति बढेसँगै गौतम अडानी विश्वका शीर्ष अर्बपतिहरुको सूचीमा एक स्थान माथि उक्लिएका छन्। उनी ८९.९ अर्ब डलरका साथ १४ औँ स्थानमा उक्लिएका छन्। –एजेन्सी

















