IME Life New

एउटै आवमा १००% लाभांश दिन सफल ग्लोबल आइएमई म्युचुअल फण्डको अर्को फण्डमा आवेदन दिने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ले असार २२ गते देखि निस्काशन गरेको आईपीओमा आवेदन दिने आज ( श्रावण ४ गते )अन्तिम दिन रहेको छ ।

ग्लोबल आइएमईले संचालन गर्न लागेको यो दोश्रो म्युचुअल फण्ड हो । ग्लोबल आइएमई समुन्नत स्किम १ नामक म्युचुअल फण्ड अहिले संचालनमा रहेको छ भने यसै वर्षको चैत्र ११ गते सो योजना परिपक्व हुँदै छ । सो म्युचुअल फण्डले शत प्रतिशतसम्म लाभांश दिएको ईतिहास छ। फण्डले आफ्ना ईकाईधनीलाई आर्थिक वर्ष ७७/७८ को लाभांश बाट १०० प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।

Esewa
Crest

प्रति इकाई मूल्य रु.१० दरको १२ करोड इकाई मध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम् १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई १ दशमलव ५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंक लिमिटेडको लागि १३ दशमलव ५० प्रतिशत वा १ करोड ६२ लाख इकाई बिज पूँजीको रुपमा राखी बाँकि न्यूनतम् १० करोड २० लाख इकाई सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।

योजना सम्बन्धी थप जानकारी :
योजनाको नाम : ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड– १
कोष प्रवर्द्धकको नाम : ग्लोबल आइएमई बैंक लिमिटेड
योजनाको आकार : १ अर्ब २० करोड (१२ करोड इकाई)
प्रति इकाई मूल्य : रु.१०
योजनाको प्रकार : बन्दमुखी
योजनाको अवधि : १० वर्ष

योजनाले लगानी गर्ने क्षेत्र :
कम्पनीका अनुसार नियमावलीको नियम ३४ एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकम देहाय बमोजिमको कुनै वा सबै क्षेत्रमा लगानी गरिनेछ :
१. बोर्डमा दर्ता भएका धितोपत्रहरु ।
२. सार्वजनिक निष्काशन भएको धितोपत्र ।
३. धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र ।
४. नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी सरकारी
स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी
बील तथा मुद्रा बजारका अन्य साधनहरु ।
५. बैंक निक्षेप ।
६. मुद्रा बजार उपकरण ।
७. धितोपत्र बोर्डले तोकिदिएको अन्य क्षेत्र ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS