IME Life New

एआईलाई लिएर आईएमएफ प्रमुखको चेतावनीः ‘४० प्रतिशत रोजगारी गुम्ने खतरा’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रभुत्व तीव्रगतिमा बढिरहेको छ। अहिले हरेक क्षेत्रमा एआईको हस्तक्षेप बढ्दै गएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुख क्रिस्टालिना जर्जिएभाले एआईलाई लिएर ठूलो चेतावनी दिएकी छन्। जर्जिएभाले एआई विश्वभर रोजगारी सुरक्षाका लागि खतरनाक साबित हुने बताएकी छन्।

Esewa
Crest

स्विट्जरल्यान्डको डाभोसमा सुरु भएको विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा भाग लिनुअघि आईएमएफ प्रमुख जर्जिएभाले भनिन्, ‘यद्यपि एआईले उत्पादकत्व बढाउने अवसर सिर्जना गर्नेछ।’

आईएमएफको नयाँ प्रतिवेदनलाई उद्धृत गर्दै जर्जिएभाले भनिन्, ‘एआईको प्रभाव विकासोन्मुख देशहरुमा कम हुन सक्छ तर विश्वव्यापी रुपमा करिब ४० प्रतिशत रोजगारी एआईबाट प्रभावित हुन सक्छ। यसले उन्नत अर्थतन्त्रमा ६० प्रतिशत रोजगारीलाई असर गर्नेछ। तपाइँसँग जति धेरै उच्च कुशल कामहरु छन्, त्यति नै ठूलो प्रभाव पर्नेछ।’

आईएमएफको प्रतिवेदनले एआईबाट प्रभावित हुने अपेक्षा गरिएका कामहरुमध्ये आधामात्रै नकारात्मक असर पर्ने जनाएको छ। अरुले वास्तवमा एआईको कारणले बढेको उत्पादकताबाट लाभ उठाउन सक्छन्। जर्जिएभाले भनिन्, ‘तपाइँको जागिर पूर्णतया समाप्त हुन सक्छ वा नहुन सक्छ वा एआईले तपाइँको कामलाई अझ बढाउन सक्छ। तपाइँ वास्तवमा अधिक उत्पादक हुनुहुनेछ र तपाइँको आय स्तर बढ्न सक्छ।’

जर्जिएभाले सन् २०२४ विश्व अर्थतन्त्रका लागि कठिन वर्ष हुन सक्ने बताइन्। कोरोनाको समयमा लिइएको ऋणको जालबाट विश्व अझै उम्कन सकेको छैन। यही बेला यो वर्ष विश्वका ८० भन्दा बढी देशहरुमा चुनाव हुँदैछ। यस्तो अवस्थामा सरकारले जनतालाई लोभ्याउन पैसा खर्च गर्छ। यसले देशको ऋण थप बढाउँछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS