IME Life New

एआईका कारण धमाधम रोजगारी गुमाउँदै मानिस, ३० हजार कर्मचारी कटौती गर्दै गुगल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगल जेमिनी र गुगल बार्ड लन्च गरेपछि एआईमा धेरै ध्यान केन्द्रित भएको छ। कम्पनीले एआईलाई छुट्टै हिसाबले पेस गर्नेतर्फ ध्यान दिन सक्छ। यस्तो अवस्थामा गुगलले फेरि एकपटक ठूलो संख्यामा कर्मचारी कटौती गर्न सक्छ।

द इन्फर्मेसनको रिपोर्टअनुसार गुगलले चाँडै नै ३० हजार कर्मचारीलाई हटाउन सक्छ। कम्पनीको विज्ञापन टोलीका प्रमुख सीन डाउनीले हालै गुगलले फेरि आफ्नो विज्ञापन टोलीलाई व्यवस्थित गर्ने योजना बनाएको खुलासा गरेका थिए। तर, उनले कुनै पनि कामबाट हटाउने घोषणा गरेका छैनन्।

Esewa
Crest

रिपोर्टका अनुसार कम्पनी पूर्णतया एआईमा केन्द्रित छ र महत्त्वपूर्ण परिवर्तन गर्न तयार छ, जसले काम कटौती गर्न सक्छ। यो कटौती विश्वव्यापी स्तरमा विज्ञापन बिक्री टोलीबाट हुनसक्ने जनाइएको छ।

यदि गुगलले ३० हजार कर्मचारीलाई निकालेमा यो गुगलको अहिलेसम्मकै सबैभन्दा ठूलो कटौती हुनेछ। यो वर्षको जनवरीमा पनि ठूला संख्या कर्मचारी हटाइएका थिए। तर, गुगलसँगै अमेजन, मेटा र ट्विटरजस्ता कम्पनीले पनि जनवरी महिनामा कर्मचारी हटाउने घोषणा गरेका थिए।

गुगलको ग्राहक सेवामा एआई समावेश गर्दा मानव कर्मचारीमा प्रत्यक्ष असर पर्ने प्रतिवेदनले दाबी गरेको छ। गुगलले २०२३ को सुरुमा १२ हजार कर्मचारीलाई बर्खास्त गरेको थियो। यी कामका बारेमा कुरा गर्दै गुगलका सीईओ सुन्दर पिचाईले भनेका थिए कि यो कुनै पनि संस्थाका लागि चुनौतीपूर्ण समय भएको छ। उनले यो कदम नचालेको भए विश्वस्तरमा यसको असर नराम्रो हुन सक्ने बताएका थिए।

यस वर्षको मेमा गुगलले नयाँ एआई–सञ्चालित विज्ञापनहरु घोषणा गर्यो। जसले गुगल विज्ञापनमा बहुभाषी बोल्ने अनुभव प्रदान गर्दछ। यो खोज छिटो र विज्ञापन सरल बनाउन डिजाइन गरिएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS