IME Life New

उमेर छँदै जीवन बीमा गर्दा बृद्धाश्रम जानुपर्दैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जैसरा शर्मा पंगेनी

बीमा भविष्यको सुरक्षा हो । जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार पनि । बीमितले आफ्नो जीवनमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । भविष्यमा पर्न गएको भवितव्य जोखिमलाई सामना गर्न बीमाले सहयोग गर्दछ ।

बीमाको माध्यमबाट मानव जीवन र सम्पत्ति माथि पर्न गएको आर्थिक भारलाई बीमा कम्पनीहरुले बहन गर्दछन् । बीमा कम्पनीहरुले बीमितको जीवन र सम्पत्तिको दायित्व सम्बन्धि विभिन्न खालका जोखिमहरु बहन गरेर आर्थिक सुरक्षा प्रदान गर्ने गर्दछन् ।

Esewa
Crest

मानविय जीवनमा आइपर्ने जोखिमहरुलाई आर्थिक सुरक्षा गर्ने भरपद्रो माध्यम जीवन बीमा हो । त्यसैले भविष्यमा आइपर्न सक्ने जोखिमहरुलाई सामना गर्नका लागि बीमा जरुरी रहेको छ ।

जीवन बीमा सबै जनालाई नभई नहुने कुरा हो । तर आज पनि नेपाली समाजमा जीवन बीमालाई बुझ्ने थोरै छन् । बीमा बुझेर गर्ने त झनै थोरै । बीमा बुझेर पनि नगर्नेहरु पनि पाईन्छन् ।

https://youtu.be/KKLqYGgAHp0

म अहिले धनी छु । मेरो आम्दानी पनि राम्रो छ । यस्तो अवश्थामा मलाई बीमा किन चाहियो र ? भन्ने खालका मानिसहरु पनि बजारमा पाईन्छन् । मान्छेमा भएको यस्तो नकारात्मक भावना आज पनि हट्न सकेको छैन् ।

समय सधै एक नहुन पनि सक्छ । हामी सधै आज भइरहेको अवश्थामा रहि रहन्छौँ भन्न सकिदैँन । समयसँगै हाम्रो उमेर सकिन्छ । उमेर छँदै, कमाई छँदै बीमा गर्ने हो भने बुढेसकालको लौरो जीवन बीमा बन्न सक्छ ।

मान्छेको जीवनमा सधै एउटै परिस्थिति हुँदैन् । सधै आर्थिक पाटो पनि एउटै हुदैँन । सधै स्वास्थ्यको पाटो पनि एउटै हुँदैन । समय पनि एउटै हुदैँन । समय छदैँ, उमेर छँदै, कमाई छदैँ जीवन बीमा गर्ने हो भने भोलिको दिनमा आज भईरहेको अवश्था भन्दा अरु नै अवश्थाको सृजना भएको बेला, आर्थिक अवश्था नाजुक भएको बेला, स्वास्थ्यको अवश्था विग्रिएर लाखौँ खर्च गर्नु परेको बेला अहिले गरेको बीमाले ती आपत्कालिन दिनहरुमा धरै सहयोग पुर्याउँदछ ।

कसरी बन्छ जीवन बीमा बुढेसकालको साहारा ?
बुढेकासल लागेपछि आफ्नै सन्तानले बाआमालाई पुर्याउँछन् वृद्धाआश्रम । बाआमाको मन हुन्छ आफ्ना सन्तान र सन्तानका सन्तानसँग खेल्ने, रमाउने अनि बुढेसकालको जीवन विताउने । कतिपय बाआमाको यस्तो सपनालाई आफ्नै सन्तानले मारिदिन्छन् । बाआमाले देखेका कयौँ सपनाहरु वृद्धाश्रम मै सकिन्छन् ।

आज आम्दानी हुदैँ जीवन बीमा गर्ने हो भने बुढेसकालमा आई पर्न सक्ने यस्तो अवस्थाबाट बच्न सकिन्छ । कमाई छदैँ गरेको बीमा बुढेसकालमा साहारा बन्न सक्छ । बुढेकालमा कसैले साहारा नदिए पनि बीमाबाट आएको रकमले साहारा दिन सक्छ । बीमाबाट आएको पैसाले दैनिकी चलाउन सहयोग गर्दछ । घरमा काम गर्नका लागि मान्छे राख्न सकियो । बिरामी पर्दा अस्पताल जान सकियो ।

शर्मा नेपाल लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS