IME Life New

उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन, अन्तर्राष्ट्रिय अभ्यासमा आधारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गर्दै आएको उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष आर्थिक वर्ष २०८०।८१ कायम गरिएको छ। यसअघि आर्थिक वर्ष २०७१।७२ आधार वर्ष रहेको थियो।

नयाँ उपभोक्ता मूल्य सूचकांकका लागि आवश्यक भारांक राष्ट्रिय तथ्यांक कार्यालयले २०७९।८० मा सञ्चालन गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथोको नतिजामा आधारित छ। नयाँ उपभोक्ता मूल्य सूचकांकमा खाद्य तथा पेय पदार्थ समूहको भार ३५.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको भार ६४.५१ प्रतिशत कायम भएको छ।

Esewa
Crest

विगतमा मदिराजन्य पेय पदार्थ, सुर्तिजन्य पदार्थ र रेष्टुरेण्ट तथा होटलको खाना उपसमूहलाई खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत राख्ने गरिएकोमा नयाँ सूचकांक तयार गर्दा ती उपसमूहहरुलाई क्लासिफिकेसन अफ इन्डिभिज्याल कन्जप्सन बाई प्रपोज (सीओआईसीओपी–२०१८) अनुसार गैरखाद्य तथा सेवा समूहअन्तर्गत राखिएको छ।

मूल्य सूचकांक गणनाका लागि भारित वस्तु डालोमा २४९ वस्तु तथा सेवा समूह अन्तर्गत ५२५ वस्तु तथा सेवाहरुको मूल्य संकलन गरिएको छ। तीमध्ये साप्ताहिक, मासिक र त्रैमासिक रुपमा संकलन हुने वस्तु तथा सेवाहरुको संख्या क्रमशः ५९, ९४ र ३७२ वटा रहेका छन्। नयाँ मूल्य सूचकांक प्रदेशगत रुपमा समेत प्रकाशन गरिने राष्ट्र बैंकले जनाएको छ।

मूल्य संकलनका लागि ७७ वटै जिल्ला समावेश हुने गरी तराई क्षेत्रबाट २८, पहाडी क्षेत्रबाट ४३ र हिमाली क्षेत्रबाट १६ गरी जम्मा ८७ वटा बजारकेन्द्र छनौटमा परेका छन्। जसमध्ये २१ वटा ग्रामीण तथा ६६ वटा सहरी बजारकेन्द्र छन्। प्रदेशगत रुपमा यी बजारकेन्द्रहरुमध्ये कोशी प्रदेशमा १५, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० वटा बजारकेन्द छन्।

नयाँ मूल्य सूचकांक कन्ज्युमर प्राइस इन्डेक्स म्यानुअल–२०२०/सीओआईसीओपी–२०१८ लगायत अन्य अन्तर्राष्ट्रिय अभ्यासमा आधारित रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS