IME Life New

उद्योग प्रतिष्ठानको बीमा पोलिसी लकडाउन अवधीभर थप गर्न गृहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले लकडाउनमा सञ्चालनमा नआएका उद्योग प्रतिष्ठानको बीमा अवधी थप गरेर सहुलियत दिने सम्बन्धमा गृहकार्य सुरु गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट बक्तव्यमार्फत लकडाउन अवधीमा सञ्चालन नभएका उद्योगहरुलाई राहत दिन बीमा अवधी निलम्वन गर्ने कुरा उल्लेख गरेपछि बीमा समितिले पनि गृहकार्य थालेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले भने, ‘सरकारले बजेटमै राखेपछि निर्देशन पनि आउला, अहिले हामीले कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दैछौं ।’ आगामी आर्थिक वर्षको बजेटको १५२ नं बुँदामा बीमाको पहुँच बृद्धि गर्ने विषयसँगै लकडाउन अवधीमा नचलेका उद्योग प्रतिष्ठान र सवारी साधनले लिएका बीमा पोलिसीको म्याद लकडाउन अवधी बराबर थप गर्ने भन्ने उल्लेख छ ।

Esewa
Crest

बीमा समितिले बजेटमै व्यवस्था भएपछि कार्यान्वयन गर्नै पर्ने अवस्था आउन सक्ने भएकोले त्यसको तयारी थालेको हो । स्रोतका अनुसार अहिले कुन मोडालिटीबाट जाने, कसरी छुट दिने, पहिचानको मापदण्ड के बनाउने ? पुनर्बीमाको विषयलाई कसरी मिलाउने ? लगायतका कोणबाट छलफल भइरहेको छ ।

यता, मोटर बीमाको पोलिसी लकडाउन अवधीभर थप गर्ने निर्णयले कम्पनीहरुमाथि जोखिम बढेको भन्दै आलोचना भइरहेको बेला अब उद्योग प्रतिष्ठानलाई समेत छुट दिनुपर्ने भएपछि निर्जिवन बीमा कम्पनीहरु भने थप दवावमा पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS