IME Life New

उद्योग क्षेत्रमा लगानीको प्रतिबद्धता उल्लेख्य घट्दा प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थतन्त्रको आकारमा अपेक्षित वृद्धि नहुँदाको प्रत्यक्ष असर उद्योग व्यवसाय क्षेत्रमा भित्रिने लगानीमा परेको छ। उद्योग विभागले सार्वजनिक गरेको आवधिक तथ्या‌ंक अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कूल लगानी रकममा २४.४५ प्रतिशतले उल्लेख्य गिरावट आएको छ।

विभागका अनुसार गत आव २०७९।८० को असोज मसान्तसम्म स्वदेशी र विदेशी समेत कूल ८७ अर्ब ८५ करोड रुपैयाँ लगानीको प्रस्ताव दर्ता भएको थियो । चालू आव २०८०।८१ को सोही अवधिमा जम्मा ६६ अर्ब ३७ करोड रुपैयाँ लगानीको प्रस्ताव दर्ता भएको छ। विभागका अनुसार कूल लगानीमा करिब २५ प्रतिशतले गिरावट आएपनि उद्योग दर्ताको स‌ंख्यामा वृद्धि देखिएको छ । विभागका अनुसार समिक्षा अवधिमा गत आवमा कूल ८६ उद्योग दर्ता भएकामा चालू आवको सोही अवधिमा १०१ वटा उद्योग दर्ता भएका छन् ।

Esewa
Crest

बढ्दो मुद्रास्फिती र महँगी सँगै उपभोगमा ह्रास आएको छ। योसँगै सर्वसाधारणले विलासिताभन्दा पनि अत्यावश्यक वस्तुको उपभोगमा सीमित आम्दानीलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता भएको छ।

गत वर्षको तुलनामा प्रस्तावित रोजगारीको स‌ंख्या २ हजार ६२९ ले बढी छ। गत आवको पहिलो त्रैमाससम्ममा दर्ता भएका उद्योगबाट कूल ५ हजार ९३५ रोजगारी प्रस्ताव गरिएकामा चालू आवको असोज मसान्तसम्ममा ८ हजार ५६४ रोजगार प्रस्ताव गरिएको छ।

विदेशी लगानीको प्रतिबद्धता बढ्योः

विभागका अनुसार कूल लगानीको प्रतिबद्धता २४.४५ प्रतिशतले घटे पनि विदेशी लगानीको प्रस्ताव झण्डै साढे ६ गुणाले बढेको छ। विभागका अनुसार गत आवको प्रथम् त्रैमासमा जम्मा २ अर्ब २४ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता प्राप्त भएको थियो । चालू आवको सोही अवधिमा १६ अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता दर्ता भएको छ। विदेशी लगानीका १९ उद्योगले कूल १ हजार २४ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने प्रस्ताव गरेकोमा यो वर्ष सो अवधिमसम्म प्राप्त विदेशी लगानीको १५१ प्रस्तावमा कूल ७ हजार ६७२ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने उल्लेख भएको विभागले जानकारी दिएको छ।

सरकारले २०७९ असोज देखि प्रत्यक्ष वैदेशिक लगानीको सीमा पाँच करोडबाट दुई करोड रुपैयाँमा सीमित गरेपछि ठूला लगानीको तुलनामा खुद्रा लगानीको प्रस्ताव बढ्दै गएको छ।साना लगानीको प्रतिबद्धता विशेषगरी सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा रहेको छ। १५ जेठ ०७६ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँ तोकिएको थियो। २०७६ जेठ १४ सम्म नेपालमा न्यूनत्तम ५० लाख रुपैयाँ विदेशी लगानी गर्न सकिने प्रावधान थियो ।पछि निजी क्षेत्रको दबाबमा सरकारले यसलाई ५ करोड रुपैयाँ पुर्यायो । लगानीको न्यूनत्तम सीमा बढे लगत्तै विदेशी लगानीको प्रतिबद्धतामा नकारात्मक प्रभाव परेपछि सरकारले पुनः न्यूनत्तम २ करोड रुपैयाँसम्म प्रत्यक्ष वैदेशिक लगानी गर्न सकिने प्रावधान लागू गरेको हो ।

विभागका अनुसार पर्यटन र सेवा क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्ताको चासो अन्य क्षेत्रको तुलनामा अधिक रहेको छ। यसैगरी उत्पादनमूलक उद्योग, सूचना प्रविधि क्षेत्रमा पनि विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS