IME Life New

उत्तर कोरियाली सैनिक रूसी भूभागमा रहेको अमेरिकी रक्षा सचिवको दाबी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी रक्षा सचिव लोयड अस्टिनले उत्तर कोरियाली सेनाहरू शोभियत रूसमा तैनाथ रहेको पुष्टी हुने प्रमाण अमेरिकासँग रहेको दाबी गरेका छन्।

बुधबार अस्टिनले इटालीमा स्थानीय पत्रकारलाई भने,”उनीहरूले वास्तवमा के गरिरहेका छन्” हेर्न बाँकी छ।”

Esewa
Crest

युक्रेन र दक्षिण कोरियाले उत्तर कोरियाली सैनिक, पूर्वी युक्रेन र पश्चिमी रूसको युद्धभूमिमा लड्ने उद्देश्यले तैनाथी अघि प्रशिक्षणको लागि रुस गएको दाबी गरेका छन् ।

एबिसी न्युजका अनुसार अस्टिनले बुधबार भने, प्योङयाङलाई द्वन्द्वमा सहयोगी मान्न सकिन्छ कि भनेर स्थापित गर्न अमेरिकाले यो घटनाको विकासक्रमलाइ सुक्ष्म ढंगले हेरिरहेको छ “।

“यो एकदमै गम्भीर मुद्दा हो र यसले युरोपमा मात्र नभई इन्डो-प्यासिफिकमा पनि असर पार्ने अस्टिनले चेतावनी दिएका छन्

“तपाईंले मैले विगत साढे दुई वर्षमा अनुभव गरेको महत्वपूर्ण हताहतीको बारेमा कुरा गरेको सुन्नु भएको छ,” उनले भने। “यो एक सङ्केत हो कि उहाँ धेरैजसो मानिसहरूले महशुस गरेभन्दा पनि बढी समस्यामा पर्न सक्नुहुन्छ।”

उत्तर कोरियाले भने रुस वा युक्रेनमा आफ्नो सेना सक्रिय रहेको खबरको खण्डन गरेको छ ।

“मेरो प्रतिनिधिमण्डलले त्यस्ता आधारहीन स्टिरियोटाइप अफवाहमा टिप्पणीको आवश्यकता महसुस गर्दैन,” संयुक्त राष्ट्रका लागि उत्तर कोरियाली प्रतिनिधिले यसै हप्ता संयुक्त राष्ट्र महासभाको सत्रमा दिएको अभिव्यक्तिलाइ दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले उद्धृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS