IME Life New

ईएसआरएम तालिम तथा कार्यशालामा वाणिज्य बैंकहरुले खर्च गरे १.१६ करोड रकम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वाणिज्य बैंकहरुले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ईएसआरएम) तालिम तथा कार्यशालामा १ करोड १६ लाख रुपैयाँ बढी खर्च गरेका छन्।

नेपाल राष्ट्र बैंकले आज एउटा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० मा कर्मचारीहरुका लागि सञ्चालित ईएसआरएमसम्बन्धी तालिम, सेमिनार र कार्यशालामा वाणिज्य बैंकहरुले उक्त रकम खर्च गरेको जानकारी गराएको हो। हाल सञ्चालनमा २० वटा वाणिज्य बैंकमध्ये १३ वटा कुल १ करोड १६ लाख २६ हजार ३०० रुपैयाँ खर्च गरेको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

ईएसआरएमसम्बन्धी तालिम, सेमिना र कार्यशाला सञ्चालन गर्ने वाणिज्य बैंकमा कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक र सिद्धार्थ बैंक छन्। अन्य बैंकले भने यो शीर्षकमा खर्च गरेका छैनन्।

यस किसिमको तालिम तथा कार्यशालामा सबैभन्दा बढी माछापुच्छ्रे बैंकले ४३ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ। एनएमबि बैंकले पनि ४० लाख ३८ हजार ४२० रुपैयाँ खर्च गरेको छ।

यसैगरी कृषि विकास बैंकले ६ लाख ५० हजार, सिटिजन्सले ४ लाख ४९ हजार ५००, एभरेष्ट बैंकले २ लाख २० हजार, ग्लोबल आईएमईले ४ लाख ८० हजार, नेपाल बैंकले ४ लाख ६५ हजार ५६०, नेपाल इन्भेस्टमेन्ट मेगाले ४ लाख, नेपाल एसबीआईले ३३ हजार ९००, एनआईसी एसियाले ३० हजार, प्राइमले ४ लाख ८ हजार ३६१, सानिमाले ४ लाख ५९ हजार ४०२ र सिद्धार्थले १ लाख ७८ हजार १५७ रुपैयाँ खर्च गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS