IME Life New

इसेवाबाट जीवन बीमाशुल्क भुक्तानीमा आकर्षक नगद उपहार पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इसेवाबाट जीवन बीमाशुल्क बुझाँउदा अब अभिकर्ताहरुले आकर्षक नगद उपहार पाउने भएको छ । हाल विश्वभर फैलिरहेको कोरोना महामारीको बिषम परिस्थतीमा बीमितहरुलाई अनलाईनबाटै बीमाशुल्क भुक्तानी गर्न प्ररित गर्न यस्तो सुविधा ल्याएको हो ।

इसेवाले ल्यायो यस्तो इन्सेन्टिभ अफर ,

Esewa
Crest

 

हाल इसेवासँग आवद्ध भएका बीमा कम्पनीहरुका अभिकर्ताहरुले ले यस्तो सुविधा पाउनेछन् । इसेवामा १५ वटा जीवन बीमा कम्पनीहरुको सहकार्य रहेको छ। यो योजना २ महिना ( २०७८ जेष्ठ १ देखि आषाढ ३१ सम्म) का लागि लागु हुने कम्पनीले जनाएको छ।

यस योजना मार्फत मासिक रुपमा इन्सेन्टिभ प्रदान गरिने छ ।यस योजनाको इन्सेन्टिभ हरेक नेपाली महिनामा गणना भई ग्राहकलाई आगामी महिनाको २ हप्ता भित्र इसेवामा उपलब्ध गराइने इसेवाले जनाएको छ।साथै आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा योजना रद्द गर्न समेत सक्ने कम्पनीले जनाएको छ।

केही समय अगाडी इसेवाबाट जीवन बीमा शुल्क भुक्तानी गर्दा, आकर्षक नगद उपहार साथै मोबाईल जित्ने योजना ल्याएका थियो ।सो योजनामा बीमितहरुको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै  पुनः सोही योजना ल्याएको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS