IME Life New

इन्स्टाग्राममार्फत फर्जी बीमा पोलिसी बिक्री गर्ने युवकलाई २ वर्षको कैद सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बेलायतमा एक युवालाई सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत फर्जी कार बीमा पोलिसी बिक्री गरेकोमा २ वर्ष कैद सजाय सुनाइएको छ।

क्रिकलवुडको प्रेले ग्रोभका २२ वर्षीय वाहिदुल्लाह उस्मानीलाई इन्स्टाग्राममार्फत फर्जी कार बीमा पोलिसी बेचेर १७ हजार ६१८ डलर (साढे २३ लाख रुपैयाँ) कमाएको पाइएपछि जेल सजाय सुनाइएको हो।

Esewa
Crest

गोस्ट ब्रोकरका रुपमा उस्मानीले सामाजिक सञ्जालमार्फत फर्जी कार पोलिसी बिक्री गर्दै आएका थिए। उनले आफूले प्रख्यात बीमा कम्पनीहरुको एजेन्टका रुपमा परिचय गराउने गर्थे। उनले सस्तो मूल्यमै कार बीमा पोलिसी खरिद गर्न प्रस्ताव गर्ने गर्थे।

पीडितहरुले तबमात्रै थाहा भयो जब उनीहरुको दाबी अस्वीकृत भयो। उनीहरुसँग वास्तविक कार बीमा पोलिसी नै रहेको पत्ता लाग्यो।

लन्डनको क्राउन कोर्टले गत जुन ६ मा फर्जी बीमा पोलिसी बिक्री गरेकोमा दोषी ठहर गरेको हो। उनी नक्कली एजेन्ट बनेर ठगीमा संलगन रहेको, बीमा कम्पनीको आधिकारिक प्रतिनिधि नभएको र सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी साबित भए।

क्राउन कोर्टले गत २४ जुलाईमा उस्मानीलाई २ वर्षको जेल सजाय सुनाएको छ। उनलाई १ हजार डलर जरिवाना पनि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS