IME Life New

इन्फ्राष्ट्रक्चर बैङ्कले पनि वित्तीय कारोबार गर्ने पायो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्फ्राष्ट्रक्चर बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रूपमा वित्तीय कारोबार गर्ने इजाजत पाएको छ । बैंकलाई राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालले वित्तीय कारोबार गर्ने इजाजत दिएको हो ।

Esewa
Crest

४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारी मार्फत नेपालको पूर्वाधार (यातायात, कृषि, ऊर्जा, पर्यटन, सजे, आधुनिक सहरी पूर्वाधार, सूचना प्रविधि लगायत) विकासमा अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएको छ ।

सरकारको १० प्रतिशत तथा निजी क्षेत्रको ९० प्रतिशत लगानी रहेको बैंकको मुख्य कार्यक्षेत्र अन्तर्गत राष्ट्रिय, प्रादेशिक तथा स्थानीय स्तरका पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरूको धितोपत्रमा लगानी गर्ने तथा परियोजना निर्माणका लागि आन्तरिक र बाह्य स्रोत जुटाउने रहेको छ ।

नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेड बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०७ बमोजिम सरकारसहित केही वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु, लघुवित्त, नीजि कम्पनीहरु तथा व्यक्तिगत व्यवसायीहरुको संयुक्त लगानीमा २०७५ जेठ २५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS