IME Life New

इन्फिनिटी लघुवित्तको विशेष साधारण सभा असार २१ गते, नेपाल एग्रोलाई प्राप्ती गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २१ गते विशेष साधारण सभा आह्वान गरेको छ । सभा संस्थाको केन्द्रीय कार्यालय, कालिगण्डकी चोक, गैंडाकोट नवलपुरमा बिहान ९ बजे सुरु हुने संस्थाले जनाएको छ । संस्थाको जेठ ३० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभामा इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ । सभाले, प्राप्ती पश्चात सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको नेपाल एग्रो लघुवित्तको एक सय कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर अर्थात् १ः०.९८ शेयर स्वाप रेसियोमा प्राप्ति प्रक्रिया सम्पन्न गर्ने एजेण्डा रहेको छ ।

Esewa
Crest

सभामा प्राप्तिपछि जारी पुँजी, चुक्ता पुँजी र सोही अनुसार शेयर संरचना परिवर्तन हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत रहेको छ ।

संस्थाले साधारण सभा प्रयोजनका लागि असार ८ गते बुक क्लोज गर्दैछ । त्यसैले असर ७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यसैगरी, नेपाल एग्रो नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सोहि दिन वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे हुने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS