IME Life New

इन्धनको मूल्य र व्यवस्थापन खर्चमा वृद्धिले हवाई टिकटको मूल्य अझै बढ्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बढ्दो व्यवस्थापन खर्च र इन्धनको मूल्यका कारण हवाई उडान सेवा अझै महँगो हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशनको  यसै साता दुबईमा सम्पन्न वार्षिक बैठकमा सहभागि एशोसिएशनका पदाधिकारीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कोरोना महामारीका कारण थन्किएका जहाजहरू पुनः पूर्ण क्षमतामा उडान भरि रहँदा हवाई क्षेत्रका अगुवाले पत्रकार माझ भनेका छन्, हवाई टिकटहरूको मूल्य अझ बढी धकेल्ने धेरै कारणहरू छन्।

Esewa
Crest

महामारी शुरू भएदेखि विश्वव्यापीरूपमा जारी मुद्रास्फीति, जेट इन्धनको बढ्दो मूल्यका कारण टिकक मूल्यमा दबाब पर्नेछ । सबै विमान कम्पनीको सञ्चालन खर्चको एक तिहाइ हिस्सा इन्धनको खर्चले ओगटेको हुन्छ । यसैबीच, उड्डयन उद्योगलाई कार्बन उत्सर्जन रहित बनाउन विश्वव्यापी अभियानमा सीमित परिमाणमा उपलब्ध दिगो उड्डयन इन्धनको लागि प्रतिस्पर्धा गरिरहेका जहाज कम्पनीका लागि पनि मूल्य बढाउने छ।

”हवाइ सेवा कम्पनीले उपभोक्ता हितका लागि सम्भव भएसम्म लागत नियन्त्रणमा राख्न आफूले गर्न सक्ने सबै उपाय गर्न जारी राख्नेछन्”, एशोसिएशनका महानिर्देशक विली वाल्शलाई उद्घृत गर्दै एपिले उल्लेख गरेको छ,”तर मलाई लाग्छ कि यो आशा गर्नु अवास्तविक हो कि हवाइ कम्पनीले सबै लागतहरू व्यहोर्न सक्छन् ।”

लगानीको जोखिम कम गर्नका लागि हवाई सेवा कम्पनीले नयाँ जहाजमा लगानी गर्नुको साटो पुरानै जहाजमार्फत् उडान भर्ने कामलाइ निरन्तरता दिनेछ । पुराना जहाजले लामो उडानका लागि अधिक इन्धनको खपत गर्छ। यस बाहेक नयाँ रूटमा सेवा विस्तार गरेर स्थिर सञ्चालन लागत काम गर्नका लागि सेवा प्रदायकसँग पर्याप्त नयाँ विमान समेत छैन ।

एशोसिएशनले विश्वव्यापी रूपमा अनुमान गरेको अनुसार, हवाई सेवा क्षेत्रको आय सन् २०२४ मा करिब १ खर्ब अमेरिकी डलर पुग्नेछ। यस वर्ष हवाइजहाजमा ४ अर्ब ९७ करोड यात्रुले उडान गर्ने अनुमान गरिएको छ। साथै हवाई सेवा कम्पनीका लागि कूल खर्च ९ खर्ब ३६ अर्ब अमेरिकी डलर पुग्नेछ। तर उद्योगको नाफा यस वर्ष करिब ६० अर्ब अमेरिकी डलर हुने अपेक्षा गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS