IME Life New

इतिहास रच्दै एलन मस्क, सम्पत्ति ४०० अर्ब डलर माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएपछि एलन मस्कमाथि पैसाको वर्षा हुन थालेको छ र यो क्रम रोकिने कुनै संकेत देखिएको छैन।

एलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको शेयरले अहिले बजारमा तहल्का मच्चाइरहेको छ। विश्वकै धनीव्यक्ति मस्कले हरेक दिन सम्पत्तिको हिसाबले इतिहास रच्दै छन् र अहिले उनको सम्पत्ति ४०० अर्ब डलर नाघेको छ। पछिल्लो २४ घन्टाको मात्रै कुरा गर्ने हो भने एलन मस्कको नेटवर्थ ६२ अर्ब डलरभन्दा बढीले बढेको छ।

Esewa
Crest

टेस्ला र स्पेसएक्सजस्ता कम्पनीका मालिक एलन मस्कले सबै दिग्गजलाई सम्पत्तिको हिसाबले यति धेरै पछाडि छोडेका छन् कि अहिले उनीहरुबीचको सम्पत्तिको खाडललाई पूरा गर्न सम्भव छैन।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार एलन मस्कको कुल सम्पत्ति अहिले ४४७ अर्ब डलर छ। उनको सम्पत्ति पछिल्लो २४ घन्टामा ६२.८ अर्ब डलरले बढेको छ।

सन् २०२४ मा विश्वका प्रमुख अर्बपतिहरुको सम्पत्तिमा भएको वृद्धिलाई हेर्दा एलन मस्कभन्दा पछाडि कोही पनि देखिँदैनन्। मस्कले यो वर्षमात्रै शीर्ष १० अर्बपतिको सूचीमा दोस्रो र तेस्रो धनीव्यक्तिको कुल सम्पत्ति कमाइसकेका छन्। तथ्यांकलाई हेर्ने हो भने २०२४ मा अहिलेसम्म एलन मस्कको नेटवर्थमा २१८ अर्ब डलरको बम्पर वृद्धि भएको छ र अमेरिकामा डोनाल्ड ट्रम्पको विजयपछि यो तीव्र गतिमा बढेको छ।

शीर्ष १० अर्बपतिको सूचीमा परेका अन्य धनाढ्यहरुको सम्पत्तिमा पनि ठूलो उछाल आएको छ। अमेजनका जेफ बेजोस २४९ अर्ब डलरसहित विश्वका दोस्रो धनी व्यक्ति हुन् भने फेसबुकका मार्क जुकरबर्गको कुल सम्पत्ति २२४ अर्ब डलर पुगेको छ र उनी तेस्रो धनी व्यक्ति हुन्।

अन्य धनी व्यक्तिमा चौथोमा ल्यारी एलिसन (१९८ अर्ब डलर), पाँचौँमा बर्नार्ड अर्नाल्ट (१८१ अर्ब डलर), छैटौँमा ल्यारी पेज (१७४ अर्ब डलर), सातौँमा बिल गेट्स (१६५ अर्ब डलर) र सर्गेई ब्रिन (१६३ अर्ब डलर) आठौँ स्थानमा परेका छन्।

विश्वका नवौँ धनी व्यक्ति स्टिभ बाल्मर हुन् र उनको सम्पत्ति १५५ अर्ब डलर छ। दिग्गज लगानीकर्ता वारेन बफेटको नाम १४४ अर्ब डलरसहित दसौँ स्थानमा छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS