IME Life New

इजरायलमा भीषण आतंककारी आक्रमण, कम्तीमा २३२ जना मारिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्यालेस्टाइनि विद्रोही समूह हमासले शनिबार इजरायलमा गरेको भीषण आक्रमणमा दुई सय ३२ जनाको ज्यान गएको छ। एक हजारभन्दा बढी सर्वसाधारण घाइते भएका छन्।

आक्रमणलाई मध्यनजर गर्दै इजरायल यूद्धको स्थितिमा रहेको प्रधानमन्त्री नेतान्याहुले घोषणा गरेका छन्।

Esewa
Crest

हजारौंको संख्यामा हतियार बन्द आक्रमणमारीहरुको समूह इजरायलको गाजा क्षेत्रमा प्रवेश गर्दै सर्वसाधारणको घर र सैनिक शिविरहरुमा रकेट लन्चरको सहायताले भीषण आक्रमण गरेका हुन्। उनीहरुले बेग्लाबेग्लै २२ वटा स्थानमा भीषण गोलाबारी गरेका छन्। साथै सैनिक र गैर सैनिक समेत ठूलो संख्यामा बन्दी बनाएका छन्।

स्थानीय द टाइम्स अफ इजरायलले उल्लेख गरे अनुसार बमबारी अझै पनि जारी छ। विपक्षी दलले अहिलेको आपतकालीन अवस्था सम्हाल्नका लागि प्रधानमन्त्री नेतान्याहुको टोली असक्षम रहेको भन्दै चर्को आलोचना गरेको छ।

इजरायलमा उच्च शिक्षा अध्ययन र घरेलु कामदारका रुपमा रहेका नेपाली नागरिकको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरिएको छ। इजरायलस्थित नेपाली राजदूतावासले सात जना नेपाली नागरिक घाइते भएको जानकारी सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS