IME Life New

इच्छा हुँदाहुँदै पनि नेप्सेका सीईओ बनेनन् बीमा प्राधिकरणको अध्यक्षका उम्मेदवार, कारण के हो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीको कार्यकाल माघ तेस्रो साताबाट सकिँदैछ।

मन्त्रिपरिषदको २०७८ माघ १७ गते बसेको बैठकले नेप्सेको सीईओमा कार्कीलाई नियुक्त गरेको थियो। नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर प्रकरणमा मुछिएपछि राजीनामा दिएका थिए। त्यसपछि कार्कीलाई सरकारले नेप्सेको सीईओमा नियुक्त गरेको हो।

Esewa
Crest

त्यसो त कार्कीले नेप्सेमा आफ्नो कार्यकाल सकिनुअघि नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्ने दौडमा पनि रहेका थिए। तर, उनी सफल भएनन्।

पछिल्लो समय नेप्सेका सीईओ कार्कीको नाम नेपाल बीमा प्राधिकरणको अध्यक्ष उम्मेदवार बन्ने दौडमा पनि रहेको भन्दै निकै चर्चा चलेको थियो। तर, कार्की बीमा प्राधिकरणको अध्यक्षका उम्मेदवार पनि बनेनन्।

गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचारमा सूर्यप्रसाद सिलवालविरुद्ध विदेश अदालतमा मुद्दा दायर गरेसँगै प्राधिकरण अध्यक्षविहीन बनेको थियो। त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणमा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन्।

अर्थ मन्त्रालयद्वारा गठित प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस समितिले गत पुस २६ गते सूचना जारी गर्दै खुला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको थियो। गत माघ ११ गतेसम्म आवेदन दिने अन्तिम म्याद रहेको थियो। त्यस दिनसम्म १२ जनाले अध्यक्ष बन्नका लागि आवेदन दिएका छन्।

इन्स्योरेन्स खबरसँग कुराकानी गर्दै नेप्सेका सीईओ कार्कीले बीमा प्राधिकरणको अध्यक्षमा भिड्ने अन्तिम समयसम्म चाह रहे पनि उम्मेदवारी नदिएको बताए। ‘अन्तिम समयसम्म उम्मेदवारी दिउँ कि भन्ने थियो तर दिइनँ’, कार्कीले भने, ‘किनकि सरकारलाई हामीजस्तो मान्छे चाहिएकै छैन।’

नेप्सेमा कार्यकाल सकिएपछि अब केही समय परिवारसँगै बिताउने कार्कीको योजना छ। ‘अब परिवारलाई केही समय दिनुपर्ला, त्यसपछि नयाँ योजना बनाउनेछु’, उनले भने।

अर्कोतर्फ कार्की माओवादी केन्द्रनिकटका मानिन्छन्। त्यसैले पार्टीकै दबाबमा कार्कीले बीमा प्राधिकरणको अध्यक्षमा उम्मेदवार नदिएको स्रोत बताउँछ। ‘एमाले र कांग्रेस गठबन्धनको सरकार छ’, स्रोतले भन्यो, ‘त्यसैले कार्कीको अध्यक्ष बन्ने सम्भावना थिएन। पार्टीले त्यही भएर उनलाई उम्मेदवारी नदिन निर्देशन दिएको हुन सक्छ।’

त्यसो त नेप्सेको सीईओ भएपछि पनि खासै उल्लेखनीय काम नगरेको भन्दै कार्कीको आलोचना हुँदै आएको छ। नेप्सेकै कर्मचारीले नेप्सेका सीईओ कार्की विशुद्ध हाजिरे कर्मचारीजस्तै भएर बसेको भन्दै आलोचना गर्दै आएका छन्।

पाल्पाका कार्की नेप्सेको सीईओ हुनुअघि बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनर्स्थापना इकाइका प्रमुख थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS