IME Life New

इकाइधनीलाई दसैँ खर्चः सानिमा म्युचुअल फन्डका दुई योजनाको नगद लाभांश आजबाट बैंक खातामा पठाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको प्रतिफल आज असोज ७ गतेबाट इकाइधनीहरुको बैंक खातामा पठाइने भएको छ।

योजना व्यवस्थापक सानिमा क्यापिटलले आज एक सूचना जारी गर्दै सानिमा इक्विटी फन्ड र सानिमा ग्रोथ फन्डको २०८०।८१ का लागि घोषित प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाउन लागिएको जानकारी गराएको छ। दसैँको मुखमै इकाइधनीलाई नगदद लाभांशबापतको रकम पठाउन लागिएको हो।

Esewa
Crest

सानिमा क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले करसहित सानिमा इक्विटी फन्डमा १५ प्रतिशत र ग्रोथ फन्डमा १० प्रतिशत नगद प्रतिफल वितरण गर्ने क्यापिटलले निर्णय गरेको थियो। घोषित प्रतिफलअनुसार इकाइधनीहरुलाई इक्विटीमा १९ करोड ५० लाख रुपैयाँ र ग्रोथ फन्डमा ६ करोड ७२ लाख ५३ हजार २६० रुपैयाँ नगद प्रतिफल वितरण गरिनेछ। रकम करकट्टा गरी आईपीएसमार्फत इकाधनीहरुको बैंक खातामा पठाइने क्यापिटलले जनाएको छ।

नगद लाभांश वितरण गर्न भदौ २६ गते एक दिन बुक क्लोज गरिएको थियो। यसको अर्थ भदौ २५ गतेसम्म कायम इकाइधनीले यी योजनाको घोषित प्रतिफल पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS