IME Life New

आशा लघुवित्तको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले नुवाकोटको ककनीमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७५र७६ मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे ।

उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे समेत प्रष्ट पारेका थिए । संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७५र७६ को वित्तीय विवरणहरु पारित गरेको छ ।

Esewa
Crest

सो अवसरमा सभालाई उद्घाटन पश्चात सम्बोधनगर्दै प्रमुख अतिथि रामबहादुर पाण्डेले संस्थाको कारोबार वृद्धिसँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने सुझाव दिए । सभाका बिशिष्ट अतिथि डा. आत्मराम घिमिरेले अब संस्थाले व्यवसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई पनि जोड दिनुपर्ने सुझाव समेत दिए ।

साधारण सभाले सञ्चालक समितिको प्रस्ताव बमोजिम आ.व. २०७५र७६ को मुनाफाबाट ० दशमलव ६३१५७९ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश पारित गर्ने र चुक्तापूँजी २० करोड ७४ लाखको १२ प्रतिशतले हुन आउने रकम बरावरको वोनश शेयर वितरण गर्ने निर्णय गरि सो सम्बन्धमा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाले अन्य ईजाजत–पत्रप्राप्त घ बर्गकाकुनै एक वा एकभन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्नगाभिन वा प्राप्ती  गर्ने, समझदारीमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने प्रस्तावहरु पारित गरेको छ ।

साथै, सम्पती तथा दायित्वको मुल्यांकन प्रतिवेदन तयार गर्न परामर्शदाता, मुल्यांकनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने तथा गाभ्ने र गाभिने वा प्राप्ती संग सम्बन्धित प्रचलित कानुन तथा निर्देशनहरु अनुरुप गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य, प्रक्रियाहरु पुरा गरि अन्तिम स्वीकृत लिई कार्यान्वयन गर्ने तथा सो सन्दर्भमा नियामक निकायहरुबाट निर्देशन गरे बमोजिमका विवरणहरु उपलब्ध गराउने लगायत आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले ताकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने लगायत आर्थिक वर्ष २०७६।७७ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा के.जे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्तिको प्रस्ताव पारित गरेको जनाएको छ ।

साथै साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फ बाट संचालकमा भावना बलायर र अविनास सिलवाल निर्बिरोध निर्वा्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS