IME Life New

आशा लघुवित्तको एजीएम आज हुँदै, कहिलेसम्म शेयर किन्नेले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आज मंसिर ७ गते आठौँ वार्षिक साधारणसभा गर्दैछ । संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको ििमत तय गरेको हो । सभा काभ्रेपलाञ्चोकको बनेपालस्थित होटल उग्रचण्डीमा दिउँसो ३ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।

Esewa
Crest

सभाले अन्य लघुवित्त संस्थासँग मर्जर वा प्राप्ति प्रयोजनका लागि आवश्यक कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। संस्थाको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने जिम्मेवारी पनि सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले कात्तिक २५ गते एक दिन बुक क्लोज गरेको थियो । यसको अर्थ कात्तिक २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS