IME Life New

आर्थिक वर्ष २०७९/८० को राजस्व नीति तथा कर सुधार सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राजस्व परामर्श समितिले आज आर्थिक वर्ष २०७९/८० को राजस्व नीति तथा कर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । होटल हिमालय पुल्चोकमा भएको उक्त कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुष्कर, अर्थमन्त्रालयका बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सत्य नारायण प्रजापती, आन्तरिक राजस्व विभागका उप–महानिर्देशक, विश्वविद्यालय तथा अन्य क्षेत्रका विज्ञहरु, आर्थिक क्षेत्रका पत्रकारहरु लगायतको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दहालले गरेका थिए भने बजेट वक्तव्य तथा आर्थिक विद्येयकमा उल्लेखित राजस्व नीति तथा कार्यक्रमको बारेमा समितिका सदस्य लेखनाथ शर्मा पंगेनीले प्रस्तुति गरेका थिए ।

Esewa
Crest

कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा सरकारको बजेट तथा कार्यक्रममा समावेश भएका नीति तथा कार्यक्रम छलफल भएको र कार्यक्रममा समावेस नभएका र सहभागीहरुका अन्य गुनासोहरुलाई राजस्व सचिव कृष्णहरि पुष्करले छलफल गरी कार्यान्वयनयोग्य विषयहरुलाई यथासक्य छिटो सम्बोधन गर्ने कुरा व्यक्त गरे ।

अवैध व्यापार रोक्न चाल्नुपर्ने कदमको बारेमा निजीक्षेत्रको समन्वयमा तुरुन्तै कार्य योजनाका साथ अघि बढ्ने कुरा राख्नु भएको थियो । अर्थमन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले अर्थतन्त्रलाई संरचनात्मक रुपान्तरण गर्न बजेटले कृषि तथा उद्योगलाई प्राथमिकता दिइएको र यसले आगामी वर्षदेखि अर्थतन्त्रमा सकारात्मक नतिजा दिने कुरा उल्लेख गरेका थिए।

कार्यक्रमको शुरुमा स्वागत मन्तव्य राख्दै नेपाल राजस्व परामर्श समितिका अध्यक्ष महेश प्रसाद दहालले राजस्व परामर्श समितिले विगतमा गरेका कार्यक्रम र आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमहरुको बारेमा चर्चा गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS