IME Life New

आरम्भ चौतारी लघुवित्तको नाफा ११ प्रतिशतले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको देखिएको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ११ दशमलव ३० प्रतिशतले कमी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २८ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६ दशमलव ०३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १९ दशलमव ८१ प्रतिशत घटेको छ। लघुवित्तको निष्क्रिय कर्जा यस अवधिमा ४ दशमलव ९५ प्रतिशतबाट बढेर ५ दशमलव ४९ प्रतिशत पुगेको छ।

३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ११ करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा ६.०५ प्रतिशत बढेको हो। असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड ९१ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ५७ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४७ पैसा घटेर २ रुपैयाँ ७७ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ६८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १९३.१४ गुणा रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS