IME Life New

आरबीआईले बैंकिङ सेवा प्रवाहमा रोक लगाएपछि संकटमा पेटीएम, दुई दिनमै ४०%ले घट्यो शेयरभाउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा अनलाइन पेमेन्ट सेवा प्रदान गर्ने कम्पनी पेटीएमको संकट गहिरिँदै गएको छ। पेटीएमको बैंकिङ सेवामा भारतीय रिजर्भ बैंक (आरबीआई)ले रोक लगाएपछि संकट गहिरिएको हो।

आरबीआईले बुधबार पेटीएमको बैंकिङ सेवामा रोक लगाएको थियो। बिहीबार यो कम्पनीको शेयरभाउमा पहिरो गएको थियो। यद्यपि, पेटीएम पेमेन्ट्स बैंकमा आरबीआईको कारबाहीपछि प्यारेन्ट कम्पनी वान९७कम्युनिकेसनले अब अन्य मार्ग खोज्न थालेको छ।

Esewa
Crest

आरबीआईको निर्देशनपछि अब फेब्रुअरी २९ पछि पेटीएम भुक्तानी बैंकले बैंकिङ सेवाहरु प्रदान गर्न पाउने छैन भने कुनै नयाँ ग्राहक थप्न सक्ने छैन। यसका साथै बैंकले २९ फेब्रुअरी २०२४ पछि कुनै पनि ग्राहकको खाता, वालेट र फास्ट्यागमा निक्षेप÷टप–अप स्वीकार गर्न सक्ने छैन।

बचत बैंक खाता, चालु खाता र फास्ट्यागलगायतमा पहिले नै जम्मा भइसकेको रकम कुनै प्रतिबन्धबिना झिक्न वा प्रयोग गर्न सकिने व्यवस्था आरबीआईले गरेको छ। आरबीआईले बैंकिङ रेगुलेसन एक्ट–१९४९ को सेक्शन ३५ए अन्तर्गत पेटीएम पेमेन्ट बैंकविरुद्ध यो कारबाही गरेको हो। रिजर्भ बैंकले पेटीएमलाई मार्च १५ सम्ममा नोडल खाता सेटल गर्न आदेश दिएको छ।

पेटीएममा आरबीआईको कारबाहीको प्रभाव बिहीबार बजेटको दिन यसको मूल कम्पनी वन९७ कम्युनिकेसनको शेयरमा पनि देखिएको थियो। शेयर बजार खुल्नेबित्तिकै पेटीएमको शेयरमा तीव्र गिरावट आयो र २० प्रतिशतको तल्लो सर्किटमा पुग्यो। बजार कारोबारको अन्त्यमा भारु ६०९ को स्तरमा बन्द भयो। शेयरमा आएको भारी गिरावटका कारण कम्पनीको बजार पुँजीकरण भारु ३८ हजार ६७० करोडमा झरेको थियो।

शुक्रबार पनि बजार खोल्नेबित्तिकै पेटीएमको शेयरभाउमा भारी गिरावट आएको छ। बजार खुल्नेबित्तिकै कम्पनीको शेयरभाउ २० प्रतिशतले घटेर भारु ४८७.२० झरेको छ। यससँगै कम्पनीको बजार पुँजीकरण पनि भारु ३० हजार ९४० करोडमा झरेको छ। यो दुई दिनमा लगानीकर्ता अर्बौं रकम गुमाएका छन्।

समस्यामा परेको पेटीएमले अब यो संकटको बीचमा नयाँ तरिकाहरु खोज्न थालेको छ। पेटीएमको मूल कम्पनी वान९७ कम्युनिकेसन(ओसएल) द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘पेटीएम पेमेन्ट बैंक आरबीआईको निर्देशन पालना गर्न काम गरिरहेको छ र अब यो काम अझ छिटो हुनेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS