IME Life New

आरएसडिसी लघुवित्त र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबिच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वेरोजगार युवाहरुलाई स्वरोजगार मूलक व्यावसायिक परियोजना सञ्चालनको लागि वित्तिय सहयोग गर्दै आएको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र आरएसडिसी लघुवित्तबीच सम्झौता भएको छ ।

कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडलले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

हस्ताक्षरको क्रममा आरएसडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ध्रुव कुमार पौडेलले वित्तीय संस्थाले सहकारी संस्थाहरु मार्फत थोक कर्जा प्रवाह गरि रोजगारी सृजना गर्न सघाउ पुग्ने बताए ।

कोषले निर्धारण गरेको लक्षित वर्गका वेरोजगार युवाहरु तथा विदेशबाट सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गिय परिवारका युवाहरुलाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्र बनाउन यस सम्झौताले सघाउ पुर्याउने कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS