IME Life New

आरएसडिसी लघुवित्तले २ लाख ९१ हजार ४९० कित्ता शेयर लिलाम मार्फत बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं: आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नबिकेको हकप्रद शेयर २ लाख ९१ हजार ४९० कित्ता लिलाम मार्फत बिक्री गर्ने भएको छ।

आरएसडिसीले असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत अर्थात २१ लाख ५९ हजार कित्ता हकप्रद निष्काशन गरेको थियो। जसमा सर्वसाधारणतर्फ ८५ हजार २६३ कित्ता र संस्थापक तर्फ २ लाख ६ हजार २२७ कित्ता हकप्रद बिक्री भएको थिएन।

Esewa
Crest

सर्वसारधाणतर्फ न्युनतम १०० कित्ता र संस्थापक तर्फ १००० कित्ताको लागि आवदेन दिनु पर्नेछ। लिलाममा शेयर भर्न चाहनेले भदौ १८ देखि २५ गतेसम्म आबेदन दिनु पर्नेछ ।

बोलपत्र आवेदनको लागि एनआइविएल एस क्यापिटल तथा यसका शाखा कार्यालयहरु, संस्थाको केन्द्रीय कार्यालय बुटवल, नेपाल इन्भेष्टमेन्ट बैंकका कार्यालयहरु सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS