IME Life New

आरएसडिसी लघुवित्तको शेयर संरचना परिवर्तन हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको शेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक शेयर संरचनालाई ५१ प्रतिशत कायम गर्ने जनाएको छ ।

कम्पनीको हालसंस्थापक शेयरधनीको ६० प्रतिशत शेयर स्वामित्व रहेको छ । उक्त शेयर स्वामित्वतबाट ९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिणत गरी संस्थापकको ५१ प्रतिशत स्वामित्व कायम गर्ने भएको हो । उक्त शेयर सर्वसाधारण्मा परिणत भएपछि कम्पनीको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण कायम हुने जनाएको छ ।

Esewa
Crest

सस्थापक संरचनालाई ५१ प्रतिशत कामय गर्ने भएकाले इच्छुक संस्थापकले सर्वसाधारणमा परिवर्तन गर्ने वा नगर्ने जानकारी गराउन कम्पनीले आग्रह गरेको छ । संस्थापक शेयरलाई सर्वसाधारण गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन संस्थापक शेयरधनीहरुलाई कम्पनीले आग्रह गरेको हो । उक्त मितिमा जानकारी नगराए कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS