IME Life New

आरएमडीसी लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा हुने भएको छ । संस्थाले आज देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने एक सुचना जारी गर्दै जनाएको छ ।

संस्थाको गत मंसिर २२ गते सम्पन्न २२औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गर्ने संस्थाले जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Esewa
Crest

हितग्राही खातामा बैंक खाता अद्यावधिक नगरेका, बैंक खाता नम्बर रुजु नभएका, खाता रहेको बैंकको नाम परिवर्तन भएका, नाम रुजु नभएका तथा अन्य विभिन्न कारणले रकमान्तर हुन नसकेका शेयरधनीहरुको हकमा हितग्राही खातामा बैंक खाता अद्यावधिक गराए पछि मात्र नगद लाभांश जम्मा गरिने संस्थाले बताएको छ ।

मंसिर ८ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि बैंक खातामा जम्मा गरीने समेत संस्थाले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS