IME Life New

आयुष्मान भारतः ७० वर्ष माथिका सबैलाई ५ लाखको स्वास्थ्य बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मोदी सरकारले ‘आयुष्मान भारत’ योजनामा ७० वर्षभन्दा माथिका सबै वृद्धवृद्धालाई समावेश गर्ने निर्णय गरेको छ।

इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवका अनुसार यो योजनाअन्तर्गत ७० वर्षभन्दा माथिका प्रत्येक वृद्ध, गरिब, मध्यम वर्ग वा उच्च मध्यम वर्गका सबैलाई भारु ५ लाखसम्मको निःशुल्क उपचारको सुविधा प्राप्त हुनेछ। ७० वर्ष र माथिका सबै ज्येष्ठ नागरिक आयुष्मान प्रधानमन्त्री जनआरोग्य योजनाअन्तर्गत भारु ५ लाखको स्वास्थ्य बीमा प्राप्त गर्न योग्य हुनेछन्।

Esewa
Crest

यस योजनाअन्तर्गत पहिले नै समेटिएका परिवारका ज्येष्ठ नागरिकले आफ्नो स्वास्थ्य बीमामा भारु ५ लाखको अतिरिक्त कभर पाउनेछन्। निजी स्वास्थ्य बीमा भएका ज्येष्ठ नागरिकले पनि यसको लाभ पाउनेछन्। यद्यपि, अन्य सार्वजनिक स्वास्थ्य बीमाअन्तर्गत रहेका ज्येष्ठ नागरिकले आयुष्मान भारत योजना रोज्नुपर्नेछ।

सबै योग्य लाभार्थीलाई छुट्टै कार्ड जारी गरिनेछ। भारत सरकारका अनुसार यो योजना विश्वको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य बीमा हो। यो योजनाअन्तर्गत योग्य परिवारलाई भारु ५ लाखको स्वास्थ्य बीमा उपलब्ध गराइन्छ।

भारतका करिब ५५ करोड जनता यस योजनामा परेका छन्। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS