IME Life New

आमरण अनसनमा बसेका तिलक कोईरालाका माग प्रति नियामकको वेवास्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आमरण अनसन बसेका तिलक कोईरालाको माग प्रति नियामक निकायहरु समस्या समाधान गर्नतिर अग्रसर नदेखिएको भन्दै पूँजी बजार सुधार संघर्ष समितिले खेद प्रकट गरेको छ । आमरण अनसनरत लगानीकर्ता कोईरालाको स्वास्थ्य जटिलतालाई मध्यनजर गरी आन्दोलनमा उठाईएका मागहरु यथासिघ्र सम्बोधन गर्न जोडदार माग गरिएको छ ।

पूँजी बजार सुधार र विस्तारको काम गर्न सरकार अनिच्छुक देखिएपछि अन्तिम र निर्णायक आन्दोलन अन्तर्गत सडक हुँदै अहिले आम लगानीकर्ताको तर्फबाट कोईराला तेस्रो पटक आमरण अनसनमा छन् । पूँजी बजारलाई लक्षित गरी विभिन्न सरकारी तथा नियामक निकायहरुले नियतबस निर्मम ढंगले लगानी र लगानीकर्तालाई हतोत्साही गर्ने गरी अस्थिर नितिनियमहरु निर्माण गर्ने गराउने हुनाले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्दै लगेको संघर्ष समितिले उल्लेख गरेको छ ।

Esewa
Crest

यदि सकारले तालुकदार नियामकहरुले यथासिघ्र समस्या समाधानका लागि उचित पहल नगरेमा यसबाट सम्पुर्ण वित्तीय क्षेत्र नै धरासायी हुन सक्ने तथा देशभित्र लगानीको वातावरण निरुत्साहित गरिएको कारणले पूँजी पलायन समेत भएको अवस्था विध्यमान छ । सो अवस्थाले गर्दा पूँजीबजारका लगानीकर्ता मात्र प्रभावित नभई आम नागरिकले समेत यसको ठूलो मूल्य चुकाउनु पर्ने अवस्था सिर्जित भएको छ ।

यो आमरण अनसन नेपालका ५२ लाख लगानीकर्ता, लगानीकर्ताका संघ संघठन र सरोकारवालाहरुको साझा आन्दोलन भएको समितिले जनाएको छ । त्यसैले आम लगानीकर्ता, सम्बन्धित संघ/संस्था, ब्रोकरहरु, बैंकर एसोसियसन, मर्चेन्ट बैंकरहरु, राजनीतिक दलहरु, कलाकारहरु, नागरिक समाज, मानव अधिकार कर्मीहरु, एवं विभिन्न पेशागत तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई समेत आमरण अनसन सहितको आद्द्दोलनमा एक्यबद्धता जनाइदिन समितिले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS